निर्देशकले नयाँ स्वादमा फिल्म दिनुपर्छ– निर्देशक गुरुङ
काठमाडौंँ । निर्देशक रामबाबु गुरुङले दर्शकले खोजिराखेको जस्तै फिल्ममा नयाँ स्वाद पस्किने कोसिस निर्देशकले गर्नुपर्ने बताएका छन् । दर्शकको चाहनाअनुसार फिल्म पस्किन सके व्यवसायिक सफलता पनि हात पर्ने उनको तर्क छ ।
उनले व्यवसायिक लाभका लागि आफू ‘कबड्डी’ को सिरिज र अभिनेता दयाहाङ राईको वरिपरि हराइरहेको स्वीकार समेत गरे । निफ फिल्म फेष्टिभलको चौथो दिन ‘निर्देशक हराएको सूचना’ बिषयको अन्तरक्रिया बोल्दै गुरुङले बजारमा बिकिरहेको बिषय समेत स्टारकास्टमा बढी भर रहेको बताए । ‘राम्रो ब्यानर, राम्रो निर्माता, प्राविधिक, स्टारहरूमा भर परेर फिल्म बन्दा निर्देशक कहाँ छ ? भन्ने कुरो आएको हो’, गुरुङले थपे ‘एउटा निर्देशक आफ्नो कर्ममा सबै कुरामा जानकार हुनुपर्छ भन्ने मलाई लाग्छ ।’
फिल्म श्रृजनात्मक काम भएकोले निर्देशकलाई आफूलाई मन लागेको कथा भन्न पाउने धारणा राख्ने गुरुङले फिल्म राम्रो भएपनि नराम्रो भएपनि निर्देशकको उपस्थिति भने देखिने बताए । ‘धेरै ठूला च्यालेञ्ज लिन गाह्रो हुन्छ । तर, म चै आफूलाई जुन विषयमा, जुन कथामा पर्याउन सक्छु भन्ने आत्मविश्वास आयो भने काम गर्छु’, उनले अगाडि भने– ‘देखिने त आँखामा पनि भर पर्छ ।’ आफु पनि केही फिल्ममा हराएको स्वीकार गरेका गुरुङले आगामी दिनहरूमा देखिने कोशिश गर्ने समेत बताए ।
‘कबड्डी’ को सिरिजबाहेक गुरुङले अन्य फिल्ममा आफैंलाई चिनाउन मुश्किल छ । अर्काे कुरा उनलाई दयाहाङसँग मात्र गरेको आरोप पनि लाग्दै आएको छ । यसमा सत्यता रहेको गुरुङ बताउँछन् । भन्छन्, ‘म यसमा रमाइरहेको सत्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण