‘पार्ट टाइम जब’ को नीति ल्याउन सांसद गौतमको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद सोविता गौतमले नेपालमा पनि पार्ट टाइम जबको नीति ल्याउन सरकारसँग माग गरेकी छन् । मुलुकभित्र व्यापक बेरोजगारी समस्या रहेको अवस्थामा शैक्षिक यात्राको रुपमा युवाहरु विदेशी रहेको र देशमा बौद्धिक पलायनको बाटोमा रहेको बताउँदै सांसद गौतमले ‘पढ्दै कमाउँदै’ नीतिलाई नेपालले पनि अंगिकार गर्नुपर्ने बताइन् ।
‘विदेशमा विद्यार्थी पढ्दै कमाउँदै गर्दै आफ्नो सम्पूर्ण पढाइको खर्च र जीवन यापन पनि गरिरहेको हुन्छ । तर नेपालमा उहीँ विद्यार्थीले पढ्नका लागि अभिभावकको भर पर्नुपरिरहेको छ । यहाँ विद्यार्थीले काम गर्नुहुन्न भन्ने भास्य स्थापित गरिएको छ । यसलाई चिर्न खाँचो छ’ सांसद गौतमले भनिन्, ‘अब सरकारले नेपालमा पनि पार्ट टाइम जबको नीति ल्याउनुपर्छ ।’
बजेटमार्फत सुधार गर्नैपर्ने केहीँ क्षेत्र सुल्झाउँदै सांसद गौतमले श्रम स्वीकृति लिएर विदेश जाने नेपालीहरुको संख्या मात्र ६३ लाख रहेकोमा स्वदेशमा नै रोजगारीको सिर्जना गर्न सरकारलाई आग्रह गरिन् । पछिल्लो ७ महिनामा मात्र ३ लाख नेपाली बाहिरिएको तितो यथार्ततालाई ध्यानमा राख्दै सरकारले रोजगारीको दीर्घ योजना ल्याउनुपर्ने उनले बताइन् ।
यस्तै, ६२ प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा रहेको बताउँदै उनले यसलाई समेत क्रमशः औपचारिक क्षेत्रमा ल्याउनुपर्ने बताइन् ।
यस्तै, विकास निर्माणको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन प्राथमिकताका आधारमा वर्गिकरण गरेर जानुपर्ने उनले बताइन् । सरकारले सम्भावित खानेपानीको समस्याबाट बच्न एकीकृत बस्ती र स्मार्ट सहरको अवधारण अघि बढाउनुपर्ने उनको सुझाव छ ।
यस्तै सरकारले गुणस्तरिय पर्यटक भित्र्याउने गरी पर्यटन क्षेत्रको प्रवद्र्धन लाग्नुपर्ने बताउँदै सांसद गौतमले छिटोभन्दा छिटो नेपाललाई ईयूको कालो सूचीबाट हटाउन पहल गर्नुपर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण