महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका आचार्य बर्खास्त
सोमबार, ०५ चैत २०८०, १८ : १६
काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य बर्खास्त भएका छन् । बैंकको महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा आचार्यलाई बर्खास्त गरिएको प्रवक्ता डिल्लीराम पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
एक सार्वजनिक कार्यक्रममा बैंकको कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै आचार्यमाथि छानबिन भएको थियो । आन्तरिक अनुसन्धानबाट आचार्यको बयान लिइएकोमा चित्त बुझ्दो जवाफ नमिलेपछि उनलाई नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार बर्खास्ती गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । उनको बर्खास्ती भोलि मंगलबारदेखि लागू हुने समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण