महरा पक्राउ परेपछि दीपशिखाको प्रतिक्रिया–‘ओ नेता कमरेड हजुरलाई भतभती पोल्दैन ?
काठमाडौँ । पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेपछि तेस्रो पुस्ताका नेताहरूले धमाधम प्रतिक्रिया दिन थालेका छन् । माओवादीका शक्तिशाली नेता तथा पटकपटक राज्यसत्तामा अवसर पाएका महरालाई सोमबार प्रहरीले भैरहवाबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको छ । महरा पक्राउप्रति इंगित गर्दै माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले न हिजो आदर्श ढले भनेर दुःख मनाउन गर्न पाइने न शक्तिको आडमा बेतितीको धन्दा चलाईरहेकारू ढले भनेर खुसी हुन पाउने अवस्था रहेको चित्रण गरेका छन् । उनले दुःखी हुन् पनि लायक नभएको र खुसी हुँदा देख्नेले आफ्ना अनुहारमा तीनको दाग देख्नेमा उनले चिन्ता प्रकट गरे ।
उनले भने,‘न हिजोका हाम्रा आदर्शहरू ढले भनेर दुःख मनाउ गर्न पाइने न शक्तिको आडमा बेतितीको धन्दा चलाईरहेकाहरू ढले भनेर खुस हुन पाउने ! दुःखी हुन ती पक्कै लायक रहेनन्, खुसी होऔँ – देख्नेले हाम्रा अनुहारमा तीनको दाग देख्छ – ओ नेता कमरेड हजुरलाई भतभती पोल्दैन ?'
दीपशिखाले जस्तै महाराको नाम नलिई नेता लेखनाथ न्यौपानेले पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग भएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण