आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले जानकारी दिए ।
त्यसका लागि प्रदेश र पालिकाको सम्मेलन गर्ने निर्णय भएको उनले जानकारी दिए । त्यसैगरी बैठकले पुराना शक्तिबाट देशले निकास नपाउने भन्दै नयाँ वैकल्पिक समाजवादी क्रान्तिको नेतृत्व नेसपाले गर्न सक्ने निष्कर्ष निकालेको छ । यस्तै माओवादी केन्द्रसँग एकता प्रक्रियामा गएका नेताहरूको जिम्मेवारीबाट मुक्त गरिएको छ ।
‘कांग्रेस, एमाले, माओवादी जस्ता पुराना शक्तिहरू राजनीतिक गोलचक्करमा फसेका छन् । ती शक्तिहरू सुशासन, सामाजिक न्याय, समृद्धि दिन सक्दैनन् । यो बैठकको निष्कर्ष हो’, बैठकबारे जानकारी दिँदै शर्माले भने, ‘बैठकले जो व्यक्तिहरू पार्टी अनुशासन बाहिर गएर विज्ञप्ति जारी गरे, तिनीहरूलाई पदमुक्त गरिएको छ । आगामी माघमा महाधिवेशन गर्नेगरी प्रदेश, जिल्ला र पालिकाको अधिवेशन गर्ने, तत्काल जनजीविकाको मुद्दाहरू लिएर जनतामा जाने निर्णय भएको छ ।’
यस्तै बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण