आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय

सोमबार, ०५ चैत २०८०, १९ : १०
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले जानकारी दिए । 

त्यसका लागि प्रदेश र पालिकाको सम्मेलन गर्ने निर्णय भएको उनले जानकारी दिए । त्यसैगरी बैठकले  पुराना शक्तिबाट देशले निकास नपाउने भन्दै नयाँ वैकल्पिक समाजवादी क्रान्तिको नेतृत्व नेसपाले गर्न सक्ने निष्कर्ष निकालेको छ । यस्तै माओवादी केन्द्रसँग एकता प्रक्रियामा गएका नेताहरूको जिम्मेवारीबाट मुक्त गरिएको छ । 

‘कांग्रेस, एमाले, माओवादी जस्ता पुराना शक्तिहरू राजनीतिक गोलचक्करमा फसेका छन् । ती शक्तिहरू सुशासन, सामाजिक न्याय, समृद्धि दिन सक्दैनन् । यो बैठकको निष्कर्ष हो’, बैठकबारे जानकारी दिँदै शर्माले भने, ‘बैठकले जो व्यक्तिहरू पार्टी अनुशासन बाहिर गएर विज्ञप्ति जारी गरे, तिनीहरूलाई पदमुक्त गरिएको छ । आगामी माघमा महाधिवेशन गर्नेगरी प्रदेश, जिल्ला र पालिकाको अधिवेशन गर्ने, तत्काल जनजीविकाको मुद्दाहरू लिएर जनतामा जाने निर्णय भएको छ ।’

यस्तै बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउने निर्णय भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप