नेसपाको केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । आयोजक समितिको संयोजक डा.बाबुराम भट्टराई रहेका छन् । सोमबार काठमाडौँको जुडिबुटीमा बसेको बैठकमा महाधिवेशनको तयारी सम्बन्धमा छलफल भइरहेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले जानकारी दिए ।
‘केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ । बाँकी विषय छलफल हुँदै छ’, उनले भने । नेसपाको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय यादव समूहको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो । सो बैठकले माओवादीसँगको एकता खारेज गरेको थियो ।
यस्तै बैठकले सङ्गठन सुदृढीकरण र महाधिवेशनको तयारी लगायत एजेन्डा तय गरेको थियो । शनिबार महिन्द्र समूहले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि बैठकले केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण