सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

नेसपाको केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण

सोमबार, ०५ चैत २०८०, १८ : ०३
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । आयोजक समितिको संयोजक डा.बाबुराम भट्टराई रहेका छन् । सोमबार काठमाडौँको जुडिबुटीमा बसेको बैठकमा महाधिवेशनको तयारी सम्बन्धमा छलफल भइरहेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले जानकारी दिए ।

‘केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ । बाँकी विषय छलफल हुँदै छ’, उनले भने । नेसपाको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय यादव समूहको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो । सो बैठकले माओवादीसँगको एकता खारेज गरेको थियो ।

यस्तै बैठकले सङ्गठन सुदृढीकरण र महाधिवेशनको तयारी लगायत एजेन्डा तय गरेको थियो । शनिबार महिन्द्र समूहले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि बैठकले केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप