नेपाल र युरोपियन युनियनबिचको संयुक्त आयोगको १५ औँ बैठक मंगलबार
काठमाडौँ । नेपाल र युरोपियन युनियन (इयू) बिचको संयुक्त आयोगको १५ औँ बैठक मंगलबार काठमाडौँमा बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
दुवै पक्षले नेपाल र युरोपियन युनियनबीचको द्विपक्षीय सम्बन्धका साथै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय मुद्दाहरूमा सहकार्यका समग्र पक्षहरूको समीक्षा गर्ने मन्त्रालयले जनाएको छ ।
गत फागुन २३ गते नेपाल र युरोपियन युनियनबीचको विकास सहयोग उपसमितिको बैठक अर्थ मन्त्रालयमा बसेको थियो । बैठकमा नेपाल र युरोयियन युनियनबिच जारी विकास सहयोगका समग्र पक्षका बारेमा विचार आदानप्रदान भएको थियो ।
बैठकमा साझेदारीको स्तर अभिवृद्धि र विकास सहयोगको प्रभावकारिता बढाउनको लागि भावी कार्यदिशाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण