नेपाल र युरोपियन युनियनबिचको संयुक्त आयोगको १५ औँ बैठक मंगलबार
_153pogJQQz.jpg)
काठमाडौँ । नेपाल र युरोपियन युनियन (इयू) बिचको संयुक्त आयोगको १५ औँ बैठक मंगलबार काठमाडौँमा बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
दुवै पक्षले नेपाल र युरोपियन युनियनबीचको द्विपक्षीय सम्बन्धका साथै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय मुद्दाहरूमा सहकार्यका समग्र पक्षहरूको समीक्षा गर्ने मन्त्रालयले जनाएको छ ।
गत फागुन २३ गते नेपाल र युरोपियन युनियनबीचको विकास सहयोग उपसमितिको बैठक अर्थ मन्त्रालयमा बसेको थियो । बैठकमा नेपाल र युरोयियन युनियनबिच जारी विकास सहयोगका समग्र पक्षका बारेमा विचार आदानप्रदान भएको थियो ।
बैठकमा साझेदारीको स्तर अभिवृद्धि र विकास सहयोगको प्रभावकारिता बढाउनको लागि भावी कार्यदिशाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि अर्की नेपाली मृत फेला परेपछि एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
-
युरोप अब ओरालो लागेको अमेरिकाको पछि लाग्नु हुँदैन
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?