शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

सर्लाहीमा ‘डाँका’ पक्रन प्रहरीले गोली चलायो, दुई जना नियन्त्रणमा

अमेरिकन पेस्तोल बरामद
मङ्गलबार, ०६ चैत २०८०, ०७ : ३६
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । सर्लाहीमा प्रहरीले गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सर्लाहीका जिल्ला प्रहरी कार्यलय सर्लाहीका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 

राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा विचाराधीन छ । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्लामा लैजाँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि उनीहरुबिरुद्ध जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ ।

आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोली चलाएको थियो । सो मध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको हो । उनीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप