‘महाजात्रा’ सेन्सर पास, शुक्रबारदेखि प्रदर्शनमा आउने
काठमाडौँ । फिल्म ‘महाजात्रा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यू’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिँदै सबैका लागि खुला गरेको हो ।
आगामी शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् । फिल्मले मनोरञ्जनसँगै सन्देश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको प्रदीपले बताए ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मका जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार रहेका छन् ।
रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेता हरिवंश आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश दिने निर्माण युनिटले बताएको छ ।
फिल्म नेपालसँगै विश्वभरका विभिन्न स्थानमा पनि शुक्रबारदेखि नै प्रदशर्नमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण