नेपाल आउँदै ज्याकलिन, रनवेमा शो स्टपर बन्ने
काठमाडौँ। आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औँ वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने जानकारी दिएको हो।
आरबीले ३० मार्चमा आफ्नो २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू प्रदर्शन गर्नेछन्। सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन्। कार्यक्रम यही मार्च ३० गते हुनेछ जसको शो ओपनरको रूपमा भने किम गुडबर्न आउने भएका छन्। हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्नेछ। उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमका लागी आफू हर्षित रहेको ज्याकलिनले बताएकी छन्। उनले हिजो कार्यक्रममै एक भिडियो सन्देशमार्फत आफू कार्यक्रमको लागी आतुर रहेको बताएकी हुन। किमले पनि भिडिओ सन्देश मार्फतै कार्यक्रमको लागी आफू तयार भएको खबर पठाएका थिए जुन कार्यक्रमको बिचमा देखाइएको थियो।
ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले हिजो नयाँ लोगो पनि सार्वजनिक गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण