जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा
गुल्मी । मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै अध्यापन गराउन निर्देशन जारी गरेका हुन् ।
छत्रकोट गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ ।
मुसिकोट नगरपालिकाले पनि नगरपालिका अन्तर्गतका सरकारी सेवासुधिवा लिने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्न अनुरोध गरेको छ । मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले सरकारी सेवासुविधा लिनेलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि नैतिक प्रश्न सिर्जना भएकोले यस्तो निर्णय गरेको बताए ।
“सामुदायिक विद्यालय सुधार्नका लागि पहिले हामीले आफ्नै बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्छ’, उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण