तीन दिनदेखि बेपत्ता पुरुषको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
मङ्गलबार, ०६ चैत २०८०, १७ : ०२

काठमाडौँ । विगत तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर बिकको शव सशस्त्र प्रहरीको गोताखोरले आज ब्रम्हायणी नदीमा फेला पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका-२ कल्लेरी बस्ने बिकको चैत्र ४गते अपराह्न सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो । घटनाबारे जानकारी पाएपछि सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजी कार्य गरिरहेको थियो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार गोताखोर टोलीसँगै उनको खोजीको लागि विपद् उद्धार गण सिनामंगलबाट ७ जना खटिएका थिए । गोताखोरले मंगलबार दिउसो उनको शव नदीको करिब २० फिट गहिराइबाट निकालेको जानकारी थापाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली