तीन दिनदेखि बेपत्ता पुरुषको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
मङ्गलबार, ०६ चैत २०८०, १७ : ०२
काठमाडौँ । विगत तीन दिनदेखि हराइरहेका ५० वर्षीय वीरबहादुर बिकको शव सशस्त्र प्रहरीको गोताखोरले आज ब्रम्हायणी नदीमा फेला पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका-२ कल्लेरी बस्ने बिकको चैत्र ४गते अपराह्न सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो । घटनाबारे जानकारी पाएपछि सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजी कार्य गरिरहेको थियो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार गोताखोर टोलीसँगै उनको खोजीको लागि विपद् उद्धार गण सिनामंगलबाट ७ जना खटिएका थिए । गोताखोरले मंगलबार दिउसो उनको शव नदीको करिब २० फिट गहिराइबाट निकालेको जानकारी थापाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण