सबैभन्दा खराब हावाको गुणस्तर भएका देशहरूको सूचीमा नेपाल शीर्ष १० स्थानमा
काठमाडौँ । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल पनि परेको छ । नेपाल यो सूचीमा आठौँ स्थानमा रहेको छ ।
सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा खराब छ। त्यसपछि क्रमशः छिमेकी मुलुक पाकिस्तान र भारत रहेका छन् । रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ ।
चौथो स्थानमा तजिकस्तान, पाँचौँ स्थानमा बुर्किना फासो, छैटौँ स्थानमा इराक र सातौँ स्थानमा यूएई रहेका छन् । नवौँ स्थानमा इजिप्ट रहँदा दशौँ स्थानमा डेमोक्रिटक रिपब्लिक अफ कङ्गो रहेको छ । चीन १९ औँ स्थानमा रहँदा अमेरिका १ सय २ औँ स्थानमा छ ।
प्रतिवेदनका अनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ । यसमा अस्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्।
-9_9f2UFlDfjP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण