संसद्मा कांग्रेसको प्रश्न : लामिछानेलाई बुर्लुक्क उफ्रिएर स्वार्थ बाझिने मन्त्रालय किन चाहियो ?
काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको बताउँदै उनीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले लामिछाने नैतिक, राजनीतिक र कानुनी प्रश्नबाट घेरिएको बताइन् ।
पहिलो पटक गृहमन्त्री हुँदा नागरिकताको विषयमा विवादित रहेको र अहिले आएर सहकारीको विषयमा विवादित रहेको बताउँदै स्वार्थ बाझिने मन्त्रालयमा लामिछाने आएको भन्दै आपत्ति व्यक्त गरिन् ।
उनले भनिन्– ‘उहाँलाई स्वार्थ बाझिने मन्त्रालय किन चाहियो आज थाहा भएको छ, हिजो नागरिकता विवाद मिलाउनु थियो, आजका दिनमा सहकारीको उजुरी परेको छ, त्यो मिलाउनु छ । हामीले प्रधानमन्त्रीको जवाफबाट आश्वस्त हुन चाहेका थियौँ । प्रधानमन्त्रीको गैर जिम्मेवार जवाफ आयो । प्रतिपक्षलाई केही हैन भन्ने कुरा आयो । हामी चाहन्छौँ सदन चलोस्, नीति तथा कार्यक्रमका विषयमा छलफल होस्, दुई चार पैसा जम्मा गरेकाहरूको पैसा कसरी दिने ? प्रमाण छैन भन्ने प्रधानमन्त्री, प्रमाण छ भन्ने हामी प्रतिपक्षी ? यो कसले छिनोफानो गर्ने ?’
उनले प्रधानमन्त्रीले न्यायाधीश जसरी लामिछानेलाई सफाइ दिएको भन्दै आपत्ति व्यक्त गरिन् । सरकारले संसदीय छानबिन समिति नबनाए सरकारले संसद् बन्द गर्न चाहेको रूपमा कांग्रेसले बुझ्ने उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण