सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्‌मा कांग्रेसको आक्रोश : रवि लामिछाने स्वर्गबाट आएको हो र ?

बुधबार, ०७ चैत २०८०, ११ : ५४
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाए सदन चल्न नदिने बताएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउनका लागि अल्टिमेटम दिएकी हुन् । 

मंगलबार गृहमन्त्री लामिछानेले कांग्रेसले ४ वर्ष संसद् अवरोध गरे पनि सरकारले काम गरिरहने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन् । उनले भनिन्– ‘देश र जनताका लागि बजेट बनाउने बेला उहाँलाई सदन चाहिएको छैन होला, हामीलाई चाहिएको छ । 

बजेटमाथिको छलफलको गाम्भिर्यतालाई हामीले राम्रोसँग बुझेका छौँ, हामी अवरोध गर्न चाहँदैनौँ । छानबिन समितिको मागसँग किन डराउनुपर्‍यो ? हिजो बालकुमारी घटनाको छानबिनका लागि यहीँ उफ्री उफ्री कराउनुभएको थियो त । आज उहाँको विषयमा समिति गठन गर्नुपर्‍यो भन्दा समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहाँ जन्मिएको, उहाँ मात्र त्यसरी निस्कनुभएको हो ? किन डराउनुपर्‍यो ।’

उनले आउँदो सदनमा छानबिन समिति बनाउनुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप