शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बीमाको पैसा ठग्न १० घन्टासम्म बरफको बाल्टिनमा खुट्टा डुबाए

बुधबार, ०७ चैत २०८०, १५ : १६
बुधबार, ०७ चैत २०८०

ताइवान । ताइवानमा दुई युवकले बीमा कम्पनीलाई ठग्न अनौठो उपाय अपनाएको खुलासा भएको छ । ती दुई जनामाथि हिउँले खुट्टा खाएको भनेर बीमाको पैसा असुल्न १० घन्टनासम्म बरफको बाल्टिनमा खुट्टा डुबाएर बसेको अभियोग लागेको छ । 

ताइवानको अपराध अनुसन्धान विभागले चाङ्ग थर भएका ती युवालाई आफू पढ्ने विश्वविद्यालयका पूर्वविद्यार्थी लियाओेसँग मिलेर अनौठो खालको बीमा धोकाधडीको षडयन्त्र रचेको अभियोग लगाएको छ । यो घटना गएको वर्षको जनवरीको हो ।

अभियोजनकर्ताहरूले पाएको प्रमाणअनुसार चाङ्गले अक्षमता, घाउचोट, स्वास्थ्य र बीमा सुरक्षा बेहोर्ने गरी ५ वटा बीमकसँग बीमा गराएका थिए । सन् २०२३ को जनवरी २६ को रातमा चाङ्ग र लियाओ ताइपेई भएर मोटरसाइकल चढेर गए । चिसो मौसमका कारण चाङ्गको खुट्टा हिउँले खाएको भनिएको थियो । तर खुट्टामा समस्या हिउँका कारण भएको थिएन । एक बाल्टिन बरफमा उनले घन्टौं खुट्टा डुबाएका थिए । यो मामिलामा बीमा कम्पनीहरुबाट दुवैले ४ करोड १० लाख ताइवानी डलर (१२ लाख ९० हजार अमेरिकी डलर) कुम्लयाउने आशा गरेका थिए ।

तर यसका लागि दुईमध्ये एउटाले ठुलै बलिदान दिनु पर्थ्यो । कुन उपायले काम गर्ला त भनेर विचार विमर्श गरेपछि चाङ्ग साढे २ करोड ताइवानी डलर लिएर दुवै खुट्टा गुमाउन राजी भए । उनले बरफको बाल्टिनमा १० घन्टाभन्दा बढी समयसम्म खुट्टा डुबाउनु पर्ने भयो । लियाओले उनलाई बसेको कुर्सीमा बाँधिदिए । जनवरी २८ मा १० घन्टासम्म खुट्टा डुबाएपछि चाङ्गलाई अस्पताल नै भर्ना गर्नुपर्‍यो । डाक्टरहरुले उनको खुट्टाको तल्लो भाग जोगाउन सकेनन् । दुवै खुट्टाको घुँडामुनिको हिस्सा काट्नु पर्‍यो ।

चाङ्गले बीमाको दाबी गरे । अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै एक बीमकले उनलाई २ लाख ३० हजार ताइवानी डलर दिए । तर अरू चार बीमकले यस मामिलामा अनुसन्धान गर्ने भए । छोटो समयमा लिइएको धेरै वटा बीमा नीति चाङ्को खुट्टा हिउँले खाएको परिस्थिति आदिबारे बीमा कम्पनी सशङ्कित भएर स्थानीय अधिकारी कहाँ उजुरी गरिदियो । अनुसन्धानका क्रममा चाङ्गको ठगीको खुलासा भयो । जुन दिन हिउँले खुट्टा खायो भनिएको थियो उक्त दिनको तापमान ६ देखि १७ डिग्री सेल्सियसबिच थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप