१० दिनका लागि प्रतिनिधिसभा बैठक स्थगित, विदेश जाँदै सभामुखको टोली
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी चैत १८ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरे सहितको टोली स्वीट्जरल्याण्डको जेनेभा जाने कार्यक्रमका कारण झन्डै एक साता बढी संसद् बैठक स्थगित भएको हो । आगामी चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४८ औँ सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहित १० जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछन् ।
सभामुखको भ्रमण टोलीमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रियसभा सदस्य गंगा बेल्बासे, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई भ्रमण टोलीमा रहेका छन् ।
उनीहरू भोलि अर्थात चैत ८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने चैत १६ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण