नेपाल बैंक लिमिटेड सिटी अफिसद्वारा वित्तीय साक्षरता
विराटनगर । नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगरले मङ्गलबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
अन्तर्राष्ट्रिय संस्था आर्थिक सहकार्य तथा विकास सङ्गठन ‘ओईसीडी’ को युवा लक्षित कार्यक्रम अन्तर्गत ‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।
‘ग्लोबल मनि विक-२०२४’ को १२ संस्करण अन्तर्गतको सो कार्यक्रम विराटनगरको ईडेनबर्ग ईन्टरनेशनल कलेजका बिबिए र बिपिएच का १०६ भन्दा बढी विद्यार्थीहरू लाभान्वित भए ।
हरेक वर्षको मार्चमा ६ देखि ११ सम्म कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रम युवा लक्षित रहेको र विश्वको १७६ देशहरू यस कार्यक्रममा सहभागी रहँदै आएका छन् । सो अवसरमा युवाहरूमा बैंकिङ बानीको बिकास, डिजिटल बैंकिङ, अर्थतन्त्र, क्युआर तथा नगदरहित बैंकिङको आवश्यकता र अर्थतन्त्रबिचको अन्तर सम्बन्धबारे बैंकका सहायक प्रबन्धक शिव श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा शाखाका उपप्रबन्धक निलम खरेल, रञ्जन ठाकुर तथा करिष्मा कोइराला लगायतका कर्मचारीसमेत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण