विश्वकप छनोट : नेपाल र बहराइनबिच आज प्रतिस्पर्धा
बिहीबार, ०८ चैत २०८०, ०७ : १५
काठमाडौँ। फिफा विश्वकप २०२६ छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले आज बहराइनको सामना गर्दै छ। बहराइनको राष्ट्रिय रंगशालमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने यो खेल मैदानको स्तर राम्रो नभएकोले बहराइनमै खेल्न लागिएको हो । नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो।
बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो। युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५–१ गोल अन्तरले पराजित भएको थियो।
नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २(० गोल अन्तरले पराजित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण