शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छः राजेन्द्र महतो

बिहीबार, ०८ चैत २०८०, १० : ५३
बिहीबार, ०८ चैत २०८०

अत्तरिया । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन् ।  

आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए ।

 “थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएनौँ ।  अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,” उनले भने, “यो देश सबै नेपालीको हो । सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप