बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मस्कको न्युरालिङ्क ब्रेन चिप प्रोजेक्ट सफल, पक्षघातका बिरामीले सोचेरै खेले भिडियो गेम

बिहीबार, ०८ चैत २०८०, १२ : ०९
बिहीबार, ०८ चैत २०८०

क्यालिफोर्निया । अमेरिकी खर्ब पति व्यापारी एलन मस्कको कम्पनी न्युरालिङ्कको परीक्षण सफल भएको छ । न्युरालिङ्कको ब्रेन चिप प्रोजेक्टमा सहभागी पहिलो व्यक्ति नोल्यान्ड अर्बगले सोचेकै भरमा भिडियो गेम र चेस खेलेर देखाइदिएका छन् । उनले गेम खेलेको नौ मिनेटको यो भिडियो न्युरालिङ्कले एक्समा लाइभ गरेको थियो ।

यसमा अर्बगले भिडियो गेम खेलिरहेको देखिन्छन् । २९ वर्षका पक्षघातका बिरामी हुन् अर्बग । अर्बगलाई भिडियो गेम खेल्न निकै मन पर्थ्यो । एउटा दुघर्टनामा स्पाइनल कर्डमा चोट लागेपछि उनी हलचल गर्न नसक्ने भएका थिए । उनको मस्तिष्कमा न्युरालिङ्कको चिप जडान गरिएको छ । यो चीपको सहायताले आफूले सोचेकै भरमा भिडियो खेल खेल्न सकेपछि उनी कम्पनीप्रति कृतज्ञ भएका छन् ।  

चिप प्रत्यारोपण गाह्रो नभएको अनि आफूलाई चिप राखेको भोलिपल्टै अस्पतालबाट डिस्चार्ज गरिएको उनको भनाइ छ । पक्षघात भएपछि उनले भिडियो गेम खोल्नै छाडिदिएका थिए । तर अहिले आफूले मज्जाले घन्टौंसम्म भिडियो गेमहरु खेल्न सक्ने उनी बताउँछन् । कम्प्युटरलाई नियन्त्रित गर्न अर्बगले सोचेकै भरमा कम्प्युटरको कसरी कसरी नियन्त्रित गर्ने भन्ने सिके । उनले हातले क्रसरलाई दायाँ बायाँ सारेको कल्पना गरे पुग्थ्यो ।

न्युरालिङ्क मस्कको ब्रेन टेक्नोलोजी स्टार्टअप हो । यसले हिँडडुल गर्न नसक्ने, बोल्न नसक्ने, आँखाले केही नदेख्ने बिरामीहरूलाई हिँडडुल गर्न, बोल्न र देख्न सक्षम बनाउन मस्तिष्कमा चिप जडान गर्ने परियोजना चलाइराखेको छ । यो परियोजनालाई अमेरिकाको औषधि विभागले सन् २०२३ मै अनुमति दिएको थियो । कम्पनीले यो अध्ययनको नतिजाहरू सार्वजनिक गरिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप