आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुर्‍याउने प्रयास,  एक साताभित्र कर्णालीका जिल्लाहरूमा पुग्ने

बिहीबार, ०८ चैत २०८०, १३ : ३३
बिहीबार, ०८ चैत २०८०

बाँके ।  जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक प्रेस नेपालगन्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको जनाएको छ । प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरूमा पाठ्यपुस्तक क्रमशः बिक्री वितरण गर्ने नीति अनुसार पहिलो चरणमा हुम्ला र डोल्पा जिल्लामा वितरणको कार्य सुरु गरिएको प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले जानकारी दिए । 

हाल व्यापारीहरु मार्फत प्याकिङको कार्य भई रहेको र अन्य व्यापारीहरू आउने क्रम जारी रहेकोले अबको एक हप्ता भित्रै पाठ्यपुस्तक कर्णालीका जिल्लाहरूमा पुगिसक्ने उनको भनाइ छ । 

 सबै पाठ्यपुस्तकहरु सेटमा नै रहेकोले विद्यार्थीले विद्यालय खुलेको सुरु दिनमा नै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना जनक शिक्षा सामग्री केन्द्र  प्रदेशिक प्रेस नेपालगन्जको रहेको छ ।

 हाल भने हिमाली जिल्लाहरूलाई प्राथमिकतामा राखेर वितरणको कार्ययोजना बनाएको र क्रमशः पहाडी र तराईका जिल्लाहरूमा वितरण गर्दै लगिने प्रादेशिक प्रेस नेपालगन्जका प्रमुखले ढुङ्गेलले बताए ।  

प्रादेशिक प्रेस नेपालगन्जले गत वर्ष पनि सहज रूपमा समयमा नै पाठ्यपुस्तक पुर्‍याएको र अहिले पनि समयमानै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन चाहेको प्रमुख ढुङ्गेलले बताए । 

 प्रादेशिक प्रेस नेपालगन्जबाट कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जारजरकोट, सल्यान सहित ५ जिल्ला र लुम्बिनीका रुकुम पूर्व, रोल्पा, दाङ, बाँके र बर्दिया सहित ५ जिल्ला गरी १० जिल्लामा बिक्री वितरण गर्ने तालिका रहेको छ ।

 जसमा हुम्ला जिल्लामा बहत्तर हजार थान, डोल्पामा एक लाख आठ हजार थान, रुकुम पूर्वमा एक लाख चवालिस हजार थान, रुकुम पश्चिममा एक लाख असी हजार थान, दाङमा दुई लाख अठासी हजार थान, बर्दियामा दुई लाख बाउन्न हजार थान र बाँकेमा दुई लाख बाउन्न हजार थान गरी जम्मा सत्र लाख बयासी हजार थान बिक्री गर्ने लक्ष्य रहेको जानकारी प्रमुख ढुङ्गेलले दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप