आयातलाई प्रतिस्थापन गरी नेपालमा भएका उद्योग सञ्चालन गर्नुपर्छ : सभापति खांन
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले आयातलाई प्रतिस्थापन गरी मुलुकमा रहेको कच्चा पदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति खांनले उद्योगहरूलाई कसरी नाफामूलक बनाउने भन्नेबारे विभिन्न कोणबाट छलफल गर्न जरुरी रहेको बताए । उनले उद्योगको समय सापेक्ष क्षमता वृद्धि गर्न र वर्तमान बजारसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले मुख्य समस्या पहिचान गरी सुधारका कार्यक्रम अघि बढाउन जरुरी रहेको बताए ।
उनले भने, ‘आयातलाई प्रतिस्थापन गरी मुलुकमा रहेको कच्चा पदार्थलाई प्रयोग गरेर हामीले उद्योग धन्दाहरूलाई सञ्चालन गर्नुपर्छ । त्यो मान्यताका साथ सबैको धारणा आयो । धेरै मान्यज्युहरुले अझ यसमा थप स्पष्टता आउन आवश्यक रहेको बताउनुभएको छ । कसरी उद्योगहरूलाई हामीले नाफामूलक बनाउन सकिन्छ भनेर विभिन्न कोणबाट धारणा आएको छ । समय सापेक्ष क्षमता वृद्धि गर्न र वर्तमान बजारसँग हामीले प्रतिस्पर्धा गर्न सकिरहेका छैनौँ । यो समस्याको कुरा रहेछ । यो कुरालाई मुख्य रूपमा सुधार गरी हामी अघि बढ्नुपर्छ । भोलिको दिनमा यस्ता उद्योग सञ्चालन, यहीँ रोजगारी सिर्जना गर्न सक्छौँ । विज्ञहरूसँग बसेर, निकास निकाल्ने प्रतिवेदन तयार पार्नेगरी अघि बढ्न सक्छौँ ।’
सभापति खांनले नेपालमै रोजगारी दिनसक्ने गरी उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण