आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भिरमा अड्केको शव सशस्त्र प्रहरीले निकाल्यो

बिहीबार, ०८ चैत २०८०, १८ : ३७
बिहीबार, ०८ चैत २०८०

कास्की । सशस्त्र प्रहरीले भिरमा अड्केको शवलाई निकालेकाे छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने मजदुरको भिरबाट ३ सय मिटर तल खसेर मृत्यु भएको थियो ।

गोरखा जिल्ला शहिदलखन गाउँपालिका-२ घर भएका मजदुर ५० वर्षीय यामबहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण कालिकाबाट खटिएको विशेष विपद् उद्धार टोलीले निकालेकाे हो । थापाको शव पोस्टमार्टमका लागी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप