फष्टलुक्स सार्वजनिक गर्दै फिल्म ‘अर्ध पागल’ले थाल्यो प्रचार
शुक्रबार, ०९ चैत २०८०, १० : ३१
काठमाडौँ । अभय राज बराल निर्देशित फिल्म ‘अर्ध पागल’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दुई मिल्ने साथीको काठमाडौँदेखि लमजुङ घले गाउँसम्मको यात्राको विषयमा फिल्म निर्माण भएको हो । फिल्मको फष्टलुक्समा यात्राको क्रममा उनीहरूबिच आ–आफ्नो प्रेमीकालाई लिएर भएको मानसिक र शारीरिक द्वन्द लाई पोस्टरमा झल्काउने प्रयास गरिएको छ ।
फिल्ममा अभय राज बराल, प्रकाश भुजेल, ममता लामिछाने, सोबिता अधिकारी, हिना कोइराला, संगीता राई, दीक्षा ढकाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा सहभागी गराउने उद्देश्यले निर्माण भएको निर्देशक बरालले बताए । समर्पण रेग्मीको छायाङ्कन रहेको फिल्मका क्रियटिभ निर्देशक सौरभ ढकाल र सम्पादक कृष्ण भण्डारीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण