लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र
बुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले रातोपाटीलाई बताए ।
लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाहरूमध्ये रोल्पामा एमाले अधिवेशन सम्पन्न भइसकेको छ । पूर्वी रुकुममा चैत २९ र ३० गते अधिवेशन गर्दैछ । बर्दियामा जेठ १४ र १५ गते अधिवेशनको मिति तोकिएको छ भने बाँकेमा जेठ २ र ३ गते मिति तोकिएको छ ।
अन्य जिल्लामा पनि निर्वाचन मिति तोक्ने तयारी भैरहेको छ । प्रदेश कमिटीको चैत १४ गते बस्ने बैठकमा धेरै जिल्लाका अध्यक्षहरूसँग समन्वयन गरेर मिति तोकिने प्रदेश अध्यक्ष कँडेलले बताए । जिल्ला अधिवेशन आफ्नो अनुकूलमा हुने भएपनि प्रदेशले समन्वयन गर्ने र सकभर एक जिल्लासँग अर्को मिति नजुधाउने गरी लैजाने तयारी भएको उनले बताए ।
अधिवेशन सम्पन्न भैसकेको रोल्पाको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण