लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र
बुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले रातोपाटीलाई बताए ।
लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाहरूमध्ये रोल्पामा एमाले अधिवेशन सम्पन्न भइसकेको छ । पूर्वी रुकुममा चैत २९ र ३० गते अधिवेशन गर्दैछ । बर्दियामा जेठ १४ र १५ गते अधिवेशनको मिति तोकिएको छ भने बाँकेमा जेठ २ र ३ गते मिति तोकिएको छ ।
अन्य जिल्लामा पनि निर्वाचन मिति तोक्ने तयारी भैरहेको छ । प्रदेश कमिटीको चैत १४ गते बस्ने बैठकमा धेरै जिल्लाका अध्यक्षहरूसँग समन्वयन गरेर मिति तोकिने प्रदेश अध्यक्ष कँडेलले बताए । जिल्ला अधिवेशन आफ्नो अनुकूलमा हुने भएपनि प्रदेशले समन्वयन गर्ने र सकभर एक जिल्लासँग अर्को मिति नजुधाउने गरी लैजाने तयारी भएको उनले बताए ।
अधिवेशन सम्पन्न भैसकेको रोल्पाको अध्यक्षमा अमृतबहादुर बुढामगर विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति