आईपीएल क्रिकेट : राजस्थानले एडम जाम्पाको स्थानमा तनुशलाई मौका दियो
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण शुक्रबार सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनुअघि गुजरात टाइटन्स र राजस्थान रोयल्सले टोलीमा सामान्य परिवर्तन गरेका छन् ।
गुजरात टाइटन्सका खेलाडी रोविन मिन्ज दूर्घटनामा परेर आईपीएलबाट बाहिरिएका छन् । उनको स्थानमा गुजरातले बीआर शरतलाई टोलीमा समावेश गरिएको छ ।
रोविन मिन्ज आदीवासी समुदायबाट आएर विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आईपीएल खेल्ने तयारीमा थिए । तर, दूर्घटनामा परेका कारण उनको त्यो सपना पुरा हुन सकेन ।
२१ वर्षीय रोविन मिन्जलाई गुजरातले अक्सनमा तीन करोड ६० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । अक्सनमा उनको न्युनतम मूल्य २० लाख रुपैयाँ तोकिएको थियो ।
यसैगरी राजस्थान रोयल्सका प्रभावशाली खेलाडी एडम जाम्पा पनि आईपीएलबाट बाहिरिएका छन् । उनको स्थानमा राजस्थानले तनुश कोटियनलाई टोलीमा समावेश गरेको छ ।
अस्ट्रेलियन खेलाडी जाम्पाले आईपीएलबाट बाहिरिएपछि आफ्नो सम्पूर्ण ध्यान आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा केन्द्रित गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण