काठमाडौँ उपत्यकाका सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न हुन्छन् : मन्त्री बुढा
काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाका अधिकांश सम्पदाहरूको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताएका छन् ।
शुक्रबार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् ।
मन्त्री बुढाले काठमाडौँ उपत्यकालगायतका २८ वटा सम्पदामध्ये ३ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको समेत स्मरण गराए । उनले नेपालको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको सम्पदाको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको पनि प्रशंसा गरे ।
मन्त्री बुढाले भने, ‘काठमाडौँ उपत्यकाका ३ वटै जिल्लालगायत सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, सोलुखुम्बुलगायतमा २८ वटा सम्पदामध्ये ३ वटा सम्पन्न भई सम्बन्धित निकायमा हस्तान्तरण गरिसकिएको छ भने अन्य बाँकी सम्पदाहरूको अधिकांश चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् । सम्पदा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएकोमा भारत सरकारप्रति सहरी विकास मन्त्रालय र स्वयं मेरो तर्फबाट समेत आभार व्यक्त गर्न चाहन्छु ।’
मन्त्री बुढाले समयमै बजेटको व्यवस्थापन हुन नसक्दा सम्पदा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्पष्ट पारे । भारत सरकारको समेत अनुदान सहायतामा पुनर्निर्माण गरिएको सो बिहारको लागत भ्याट बाहेक १४ करोड ५९ लाख रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण