बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘साम्राज्य’को निर्माण घोषणा

शुक्रबार, ०९ चैत २०८०, १७ : ४०
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । 

फिल्ममा भोजपुरी अभिनेता कुन्दन भारद्वाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भूमिका रहनेछ । फिल्मको घोषणा कार्यक्रममा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले फिल्मलाई सफलताको शुभकामना समेत दिए । 

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी दिए । उनको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देब वाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ । हरिबहादुर घलेले खिच्ने फिल्ममा शङ्कर अधिकारी घायलले गीत रचना गर्नेछन् । 

अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा हिरा बहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ । जुन ५ अर्थात् जेष्ठ अन्तिमबाट फ्लोरमा जाने इन्डो नेपाली फिल्ममा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ । एक्सन जनरामा निर्माण हुने फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता हिराबहादुर लेप्चाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप