बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या
हुम्ला । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र वडा नं ५ को बीचमा सडक निर्माणका कारण बाटो बन्द हुँदा विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ ।
खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा हिल्दुम गाउँका विद्यार्थी हिँड्ने बाटो पुरिएको हो । गाउँबाट सदरमुकाम सिमकोटमा पढ्न आउने विद्यार्थी समस्यामा परेको स्थानीय छक्कबहादुर शाहीले बताए । गाउँमा कक्षा पाँचसम्म मात्रै पढाइ हुने भएकाले कक्षा ६ देखि पढ्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
गाउँबाट १५ जना विद्यार्थी पढ्नका लागि सदरमुकामको बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालय जाने गर्छन् । पुरानो बाटो पुरिँदा विद्यालय पुग्न कठिन भएको विद्यार्थी मेग्या कामीले गुनासो गरे । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने बरगाउँ र माथिल्लो ठेहेका गाउँका नागरिकलाई समेत समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण