बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

हुम्ला । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र वडा नं ५ को बीचमा सडक निर्माणका कारण बाटो बन्द हुँदा विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ ।
खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा हिल्दुम गाउँका विद्यार्थी हिँड्ने बाटो पुरिएको हो । गाउँबाट सदरमुकाम सिमकोटमा पढ्न आउने विद्यार्थी समस्यामा परेको स्थानीय छक्कबहादुर शाहीले बताए । गाउँमा कक्षा पाँचसम्म मात्रै पढाइ हुने भएकाले कक्षा ६ देखि पढ्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
गाउँबाट १५ जना विद्यार्थी पढ्नका लागि सदरमुकामको बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालय जाने गर्छन् । पुरानो बाटो पुरिँदा विद्यालय पुग्न कठिन भएको विद्यार्थी मेग्या कामीले गुनासो गरे । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने बरगाउँ र माथिल्लो ठेहेका गाउँका नागरिकलाई समेत समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार