कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन् ।
नेपाल क्षयरोग निवारण संस्थाको ४४ औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । ‘पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकोले उहाँको नै भावना अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु,’ उनले भने, ‘त्यसैले पूर्वमुख्यमन्त्री ज्यूले दिनु भएकै मन्त्र अनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु ।’
मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन,’ उनले भने, ‘त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण