युक्रेनको ऊर्जा पूर्वाधार रुसी आक्रमणको निशानामा
किएभ । रुसले शुक्रबार बिहान युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरी धेरै क्षेत्रहरूको विद्युत् सुविधाहरूलाई क्षति पुर्याएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
युक्रेनी स्वामित्वमा रहेको ऊर्जा कम्पनी युक्रेनेर्गोका प्रमुख कार्यकारी अधिकारी भोलोदिमिर कुद्रिट्स्कीलाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले युक्रेनी ऊर्जा प्रणालीमा भएको यो हवाई आक्रमण ‘सम्भवतः सबैभन्दा ठुलो आक्रमण’ भएको बताए ।
आक्रमणमा क्रुज क्षेप्यास्त्र, साहेद ड्रोन र ब्यालेस्टिक मिसाइलको प्रयोग गरिएको कुद्रिट्स्कीले बताए ।
रुसी सेनाले थर्मल र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टका साथै युक्रेनेर्गोद्वारा सञ्चालित मुख्य पावर सबस्टेशनलाई लक्षित गरेको उनले बताए ।
युक्रेनको दक्षिणी सहर जापोरिजियामा रहेको युक्रेनको सबैभन्दा ठुलो जलविद्युत केन्द्र डिनिप्रोहेसमा आक्रमण भएको युक्रेनको राज्य सञ्चालित जलविद्युत उत्पादन गर्ने कम्पनी युक्रेन हाइड्रोनेर्गोले जनाएको छ ।
आक्रमणपछि डिनिप्रोहेसमा आगलागी भएको तर बाँध टुट्ने कुनै खतरा नभएको कम्पनीले टेलिग्राममार्फत जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा रातारात ६० वटाभन्दा बढी लडाकु ड्रोन र विभिन्न प्रकारका करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको बताए । - (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण