युक्रेनको ऊर्जा पूर्वाधार रुसी आक्रमणको निशानामा
किएभ । रुसले शुक्रबार बिहान युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरी धेरै क्षेत्रहरूको विद्युत् सुविधाहरूलाई क्षति पुर्याएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
युक्रेनी स्वामित्वमा रहेको ऊर्जा कम्पनी युक्रेनेर्गोका प्रमुख कार्यकारी अधिकारी भोलोदिमिर कुद्रिट्स्कीलाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले युक्रेनी ऊर्जा प्रणालीमा भएको यो हवाई आक्रमण ‘सम्भवतः सबैभन्दा ठुलो आक्रमण’ भएको बताए ।
आक्रमणमा क्रुज क्षेप्यास्त्र, साहेद ड्रोन र ब्यालेस्टिक मिसाइलको प्रयोग गरिएको कुद्रिट्स्कीले बताए ।
रुसी सेनाले थर्मल र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टका साथै युक्रेनेर्गोद्वारा सञ्चालित मुख्य पावर सबस्टेशनलाई लक्षित गरेको उनले बताए ।
युक्रेनको दक्षिणी सहर जापोरिजियामा रहेको युक्रेनको सबैभन्दा ठुलो जलविद्युत केन्द्र डिनिप्रोहेसमा आक्रमण भएको युक्रेनको राज्य सञ्चालित जलविद्युत उत्पादन गर्ने कम्पनी युक्रेन हाइड्रोनेर्गोले जनाएको छ ।
आक्रमणपछि डिनिप्रोहेसमा आगलागी भएको तर बाँध टुट्ने कुनै खतरा नभएको कम्पनीले टेलिग्राममार्फत जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा रातारात ६० वटाभन्दा बढी लडाकु ड्रोन र विभिन्न प्रकारका करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको बताए । - (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलबिच छुट सम्झौता
-
कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल
-
नयाँ सरकार गठनको आह्वान भए तत्काल दाबी पेस गर्ने तयारी
-
कोशीका मुख्यमन्त्री कार्कीलाई गठबन्धनको काउन्टर
-
भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने
-
दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने