आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ ।

लामाको शब्दसँगै चर्चित गायक विश्व दोङको स्वरमा सजिएको गीतको संगीत तथा एरेन्ज भने वरिष्ठ सङ्गीतकार रुबिन जोएले गरेका छन् ।

भिडियोमा चर्चित नृत्य निर्देशक सुरेश पाण्डेको निर्देशन रहेको छ भने सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् । उक्त गीतको भिडियोमा प्रमुख भूमिकामा पर्वत विश्वकर्मा र माया रानालाई देख्न सकिन्छ ।

त्यस्तै अन्य कलाकारहरूमा मुना राई, मार्फिना गुरुङ, रेनुका राई, सुनिता लिम्बूलगायतको अभिनय रहेको छ । काठमाडौँ र धादिङको सिमानामा छायाङ्कन गरिएको उक्त गीतमा विभिन्न जात–जातिका भेषभुषा तथा पहिचानलाई झल्काउन खोजिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया