कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
सारांश
- नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
- उनले कांग्रेस कमजोर भए देशको समग्र प्रणाली नै संकटमा पर्ने र पार्टी एकताबद्ध नभए लोकतन्त्र र संविधान जोगिने छैन भनी चेतावनी दिए ।
- पार्टीलाई सुदृढ बनाउन सभापति र गगन थापाले एकताको वातावरण सिर्जना गर्दै तत्काल वार्ता प्रक्रिया अगाडि बढाउनुपर्ने भट्टराईको सुझाव छ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले मुलुकको वर्तमान परिस्थितिमा पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र वास्तविक मेलमिलाप र एकताको आवश्यकता औँल्याए ।
नेता भट्टराईले कांग्रेस कमजोर भए देशको समग्र प्रणाली नै संकटमा पर्ने चेतावनी दिए । ‘कांग्रेस एकताबद्ध भएन भने लोकतन्त्र र संविधान जोगिने छैन,’ उनले भने ।
विगतका राजनीतिक सङ्कटहरूमा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै उनले संविधान निर्माणको अन्योल, मुलुकको अशान्ति, माओवादी द्वन्द्व र मधेस आन्दोलनका समयमा राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएर निकास दिने काम कांग्रेसले नै गरेको उल्लेख गरे । यिनै ऐतिहासिक जिम्मेवारीहरूका कारण पनि कांग्रेसमा एकता अपरिहार्य रहेको उनको भनाइ थियो ।
एकताका लागि हलमा बस्ने कार्यकर्ता वा शुभेच्छुकहरूको चाहना मात्र पर्याप्त नहुने भन्दै उनले नेतृत्व तहबाटै ठोस कदम चालिनुपर्नेमा जोड दिए । भट्टराईले पार्टीलाई थप सुदृढ बनाउनका लागि सभापति र गगन थापाले एकताको वातावरण सिर्जना गर्दै तत्काल वार्ता प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण