वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिन माओवादी कर्णाली प्रदेश कमिटीको माग
शुक्रबार, ०९ चैत २०८०, २१ : २५
सुर्खेत। नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश कमिटीले कर्णाली सरकारको नेतृत्वमा अहिलेकै मुख्यमन्त्री राजकुमार शर्माको निरन्तरता माग गरेको छ।
आज बसेको प्रदेश कमिटीको बैठकले पार्टी केन्द्रसँग मुख्यमन्त्री शर्माको निरन्तरताका लागि जोडदार माग गरेको हो । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले कर्णाली माओवादीको आधार क्षेत्र भएको र सबै हिसाबले माओवादी यहाँ बलियो रहेकाले वर्तमान मुख्यमन्त्रीकै निरन्तरताका लागि केन्द्रसँग जोडदार माग गरिएको बताइन् ।
कर्णाली सरकारको नेतृत्वमा एमालेले समेत दबाब बढाइरहेकोले माओवादीले पनि आफ्नै निरन्तरताका लागि पार्टी केन्द्रलाई झक्झक्याइरहेको छ।
यसअघि माओवादीका प्रदेश तहका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण