पूर्व रानी कोमललाई मन पर्यो ‘महाजात्रा’
काठमाडौँ । पूर्व बडामहारानी कोमल शाहले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेरेकी छन् । हिमानी ट्रस्टले शुक्रबार बेलुका काठमाडौँको सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको शोमा कोमलले फिल्म हेरेकी हुन् ।
फिल्म हेरेपछि उनले फिल्मको टिमसँग भेटघाट गर्दै बधाई दिएकी थिइन् । ‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्यो । हामी सबैले रमाइलो ग¥यौं’, उनले भनिन् ।
नेपालसहित विश्वव्यापी रुपमा एकसाथ रिलिज भएको यो फिल्म अस्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ । यता नेपालमा भने शुक्रबार दर्शक प्रतिक्रिया बुझ्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत हलमा पुगेका थिए ।
अभिनेता हरिवंशले दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको भन्दै शनिवार पनि दर्शकसँग भेट्ने जानकारी दिए । निर्देशक भट्टराईले पहिलो दिन नेपालमात्र नभई विदेशमा पनि हाउसफुल भइरहेकोले यसलाई दर्शकले आफूप्रति दिएको विश्वासका रुपमालिएको बताए । कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्र सिंह बानियाँले काठमाडौँ मात्रनभई मोफसलका दर्शकसँग भेटघाट गर्न चाँडै मोफसल पुग्ने जनाए ।
अभिनेता विपिन कार्कीले दर्शकले फिल्मका पात्रको सुख दुःखलाई पर्दा बाहिर पनि महसुस गरेको बताए । आपत्कालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुन जंगशाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण