सफा तरकारीको फोहोर बजार (फोटो फिचर)
काठमाडौँ । सफा र राम्रो तरकारी खान मन कसलाई नलाग्ला ? त्यसैले हामी उपभोक्ता टाढैको भए पनि राम्रो र सफा स्थानमा गएर नै तरकारी किन्ने गर्दछौँ । तरकारी मात्रै होइन, अन्य सामग्री किन्नको लागि पनि हामी सफा र राम्रो ठाउँ रोज्दछौँ ।
काठमाडौँ देशको सङ्घीय राजधानी त हो, तर उचित व्यवस्थापन नहुँदा यो सहर कुरूप बन्दै गएको छ । यसकै एउटा उदाहरण उपत्यकाका तरकारी बजारहरूलाई लिन सकिन्छ । काठमाडौँ उपत्यकाका अधिकांश तरकारी बजारहरू अस्तव्यस्त छन् । फोहोरको व्यवस्थापन हुन नसक्दा पछिल्लो समय कुरूप बन्दै गएका छन् । फोहोरको उचित व्यवस्था नहुँदा तरकारी बजारमा दुर्गन्ध फैलिएको छ । जसका कारण बजार पुग्ने उपभोक्ताहरू मुख छोपेर तरकारी किन्नुपर्ने बाध्यतामा छन् । तरकारी बजारमात्रै होइन, उपत्यकाका तरकारी बजारमा जाने बाटो व्यवस्थित नहुँदा हिलाम्मे देखिन्छन् ।
हिउँद याममा त हिँड्न सकस हुने बाटो अब वर्षा याममा पानीले भिजाएसँगै कस्तो होला, आफैँ कल्पना गरौँ । अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित बनाउने बारेमा सरोकारवाला निकायहरू मौन देखिन्छन् । फोहोरका कारण फैलिन सक्ने महामारीलाई मध्यनजर गरी सरोकारवाला निकायहरूले स्वच्छ र सफा ठाउँ र खानेकुराको ग्यारेन्टी गर्न आवश्यक छ । नभए आगामी दिनमा यही दुर्गन्धका कारण अर्को महामारी नफैलेला भन्न सकिँदैन । हेरौँ केही तस्बिरहरुः
_NS4ADF8ICo.jpg)
_39m4IA96ja.jpg)
_7guuSl9cUO.jpg)
_xt1kHwflg7.jpg)
_ddeI6TzmpL.jpg)
_CupUSWniXR.jpg)
_YWKIh5RWGB.jpg)
_LRgjZpsTga.jpg)
_N0CWQnAjkN.jpg)
_BA0DrFslYl.jpg)
_GZyRjy5oZA.jpg)
_vGIDFCRBNp.jpg)
_vdqd9JRPq3.jpg)
_CadgHwpVsb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण