सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित आवासका लागि पालिकाको अनुदान

शनिबार, १० चैत २०८०, १० : ५७
शनिबार, १० चैत २०८०

कञ्चनपुर । गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलव्ध गराएको छ ।

पराल, खर,स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । कार्यक्रमअन्र्तगत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । 

पहिलो चरणमा प्रथम किस्तावापत एक सय ११ परिवार,  दोश्रो चरणमा ५५ परिवार र तेश्रो चरणमा ८८ परिवारलाई रु ३० हजारका दरले अनुदान रकम उपलव्ध गराइएको हो ।  छाना फेर्न अधिकतम रु ५० हजार  दुई किस्ताका रुपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता वापत सो रकम प्रदान गरिएको हो । 

सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप