काठमाडौँको रानीवनबाट ५ जना जुवाडे पक्राउ
शनिबार, १० चैत २०८०, २१ : ०८

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–१ बाट प्रहरीले ५ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । रानीवनको सनराइज हाइटमा सञ्चालित जुवा खालबाट १ लाख ३२ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
रिता भट्टको भाडामा लिएको घरमा आरोपीहरू जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरू विरुद्ध प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा कपको तयारी अन्तिम चरणमा, अनुमानित खर्च ९० हजार पाउण्ड
-
रोमानियाको चुनावमा ईयू समर्थक उम्मेदवार विजयी
-
बागमती प्रदेशसभा बैठक आज बस्दै, संसद् चल्न नदिने रणनीतिमा प्रतिपक्षी दल
-
कोशीमा बेरुजु रकम घटे पनि प्रतिशतका आधारमा छैन सन्तोष गर्ने ठाउँ
-
राजनीतिक नेतृत्वले नै बेरुजु घटाउन पहल गर्नुपर्छ : महानिर्देशक थापा
-
गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल