सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो तर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैन : उपमहासचिव खतिवडा

शनिबार, १० चैत २०८०, २२ : ४८
शनिबार, १० चैत २०८०

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर्णायक नभई सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने बताएका छन् ।

शनिबार महोत्तरीको बर्दिबासमा समाजवादी पे्रस सङ्गठन नेपाल, महोत्तरीको प्रथम जिल्ला अधिवेशनमा उद्घाटन मन्तव्य दिँदै खतिवडाले  मुख्य भनिने ठूला दलका कारण सरकार स्थायी नभएको धारणा राखे ।

उनले भने, “जनताले सरकार स्थायी भएन भनेर चित्त दुखाउने ठाउँ छैन, जनादेश नै त्यस्तै छ ।” उनले संसद्‌भित्र हुने गणितको खेलले सरकार स्थिर हुन नसकेको बताए । खतिवडाले पत्रकारलाई निर्भिक भएर भ्रष्टाचारविरुद्ध, सुशासन प्रवर्द्धनका पक्षमा कलम चलाउन अपिल गरे ।

समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन, मधेस अध्यक्ष प्रवीण साहसहितले आपूmहरू सङ्गठन विस्तारको अभियानमा लागेको उल्लेख गरे ।

सङ्गठनका जिल्ला अध्यक्ष शर्मिला घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बराल र नेकपा (एमाले) नेता शङ्कर महतोसहितले शुभकामना मन्तव्य व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप