आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

होलीले सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् : देउवा

आइतबार, ११ चैत २०८०, ०८ : ४९
आइतबार, ११ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागु पर्व (होली) ले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गरेका छन् ।

नेपालको हिमाल, पहाड र तराईका जिल्लामा अत्यन्त हर्षोल्लासका साथ एक अर्कालाई रङ्ग लगाई खुसीयाली साटासाट गर्दै खेलिने फागु पर्व (होली) को पावन अवसरमा सभापति देउवाले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभ–कामना व्यक्त गरेका हुन् । 

‘फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको छ । यही विविधता बिचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ,’ उनले भनेका छन्, ‘फागु पर्व (होली) हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप