सीआईबीका ४ इन्स्पेक्टर हटाइए
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत ४ जना इन्स्पेक्टरलाई हटाइएको छ । सीआईबीमा कार्यरत रञ्जित लामालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले एआईजी किरण बज्राचार्यलाई सरुवा गरेको थियो । ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीको अनुसन्धानमा एआईजी बज्राचार्य नेतृत्वको टिमले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ ।
चैत २ बाट सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवाली गएका छन् । बज्राचार्य निकट मानिएका प्रहरी निरीक्षकहरुलाई त्यहाँबाट हटाउने निर्णय गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । इन्स्पेक्टर खत्री बज्राचार्यको सचिवालयमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण