उपत्यकामा दुई सय ४१ सवारी चालक कारबाहीमा
काठमाडौँ । होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।
काठमाडौँ उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए ।
दुई पाङ्ग्रे २३३ र आठ वटा चार पाङ्ग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन् । एसएसपी श्रेष्ठका अनुसार लाइसेन्स नबोक्ने, मापसे गरेर सवारी चलाउनेलगायत कारबाहीमा परेका हुन् ।
काठमाडौँमा वसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेललगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन् । यद्यपि बिहान पातलिएका सडकमा सवारी बढ्न थालेको श्रेष्ठले बताए ।
होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ ।
होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभाबी रङ नछ्याप्न प्रहरीको आग्रह छ । सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ । तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण