६ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको महानगरपालिका-१४ कलंकी बस्ने ६० वर्षीया शान्ती देवी खकुरेल आफ्नै घरको बाथरूममा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-३ बेही पुल नजिक बस्ने २६ वर्षीय सदाम अंसारी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । भोजपुरको साल्पासिलिचो गाउँपालिका-३ चौकीडाँडा छौसा बस्ने ३७ वर्षीया सन्दिरा राई पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी कैलालीको मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेत चौकुने गाउँपालिका-३ घर भएका ४२ वर्षीय भक्त बहादुर राना मगर आइतबार मृत अवस्थामा फेला परेका छन् । धनकुटाको धनकुटा नगरपालिका-७ श्रीवानी बस्ने २४ वर्षीय सुरेश तामाङ पनि सोही ठाउँस्थित बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैबीच सल्यानको शारदा नगरपालिका-१ शान्तिनगरस्थित शारदा खोलामा दाङ तुल्सिपुर उपमहानगरपालिका-१८ बस्ने ५९ वर्षीय दल बहादुर खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण