शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

६ जना मृतावस्थामा फेला

आइतबार, ११ चैत २०८०, १६ : २२
आइतबार, ११ चैत २०८०

काठमाडौं । विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।  प्रहरी प्रधान कार्यालयका अनुसार     काठमाडौंको महानगरपालिका-१४ कलंकी बस्ने ६० वर्षीया शान्ती देवी खकुरेल आफ्नै घरको बाथरूममा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 
    
यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-३ बेही पुल नजिक बस्ने २६ वर्षीय सदाम अंसारी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । भोजपुरको साल्पासिलिचो गाउँपालिका-३ चौकीडाँडा छौसा बस्ने ३७ वर्षीया सन्दिरा राई पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।     

यसैगरी कैलालीको मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेत चौकुने गाउँपालिका-३ घर भएका ४२ वर्षीय भक्त बहादुर राना मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।  धनकुटाको धनकुटा नगरपालिका-७ श्रीवानी बस्ने २४ वर्षीय सुरेश तामाङ पनि सोही ठाउँस्थित बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यसैबीच सल्यानको शारदा नगरपालिका-१ शान्तिनगरस्थित शारदा खोलामा दाङ तुल्सिपुर उपमहानगरपालिका-१८ बस्ने ५९ वर्षीय दल बहादुर खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप