शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

करिब ८० प्रतिशत अफगानीमा खानेपानीको पहुँच छैन : युएनडीपी

आइतबार, ११ चैत २०८०, १६ : ४२
आइतबार, ११ चैत २०८०

काबुल । अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ । 

प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ । 

यो सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको छ । भूपरिवेष्ठित अफगानिस्तान खडेरीको चपेटामा परेको छ । अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप