सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् मौलिक फागु
पर्व

तस्बिरमा हेर्नुहोस् मौलिक फागु

आइतबार, ११ चैत २०८०

पाल्पा ।  सद्भावनाको पर्व होली आइतबार देशको पहाडी भेगमा उल्लासपूर्वक मनाइएको छ ।  

फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । यस्तै पाल्पाका केही स्थानमा ऐतिहासिक परम्परा अनुसार फागु पर्व मनाइएको छ । पाल्पाको ऐतिहासिक स्थल माडीको लालपाटी, चिदीपानी, रिब्दीकोटको भैरवस्थान, ख्याहा, देउराली, रैनादेवी छहराको सोमादी सर्देवामा मौलिक फागु पर्व मनाउने गरिन्छ । परम्परादेखि स्थानीय भेला भएर बगनासकाली–२ को लालपाटीमा रङ लगाएर रमाइलो गर्ने प्रचलन छ । 

यो वर्षदेखि सांस्कृतिक कार्यक्रमसहित आपसी सद्भाव साटासाट गरी होली मनाइएको स्थानीयवासी दीपेन्द्र ढकालले बताए । माथागढी गाउँपालिकाको चिदीपानीमा परम्परागत मौलिक फागु नाच टोलटोलमा देखाइएको वडाध्यक्ष राजकुमार पन्थीले बताए । चिदीपानीमा परम्परादेखि प्रचलनमा रहेको फागु नाच नाचेर होली पर्वमा रमाइलो गरिएको छ ।   

पाल्पाकै तानसेन नगरपालिकाको अर्चले, नारायणडाँडा, चण्डीभन्ज्याङ लगायतका स्थानमा पनि टेम्को, ढोलक, खैजडी, मजुरा लगायत बजाएर फागु नाचिएको छ । पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पुर्णिमाको चार पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ ।  

 मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया