ललितपुरमा पर्यटक बढाउन न्यूयोर्कमा पहल
न्यूयोर्क । पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको धनी ललितपुरमा विदेशी पर्यटकहरूको सङ्ख्या बढाउने र पर्यटकमैत्री वातावरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र न्यूयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबिच छलफल भएको छ । न्यूयोर्कमा भएको भेटमा मेयर महर्जन र पर्यटन प्रवर्द्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल गरेका हुन् ।
भेटवार्तामा मेयर महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरको रूपमा विकास गरिएको र थप गन्तव्यहरू पहिल्याउने काम तीव्र बनाइएको बताएका थिए । दुई पक्षीय भेटमा प्रवर्द्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेका थिए ।
महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेर विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालिएको जानकारी दिए । उनले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजनाहरू अघि बढाएको बताए ।
पुरातात्त्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरूको पुनर्निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसारको खाँचो रहेको बताए । नवनियुक्त श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
नवनियुक्त श्रेष्ठलाई बधाई दिँदै मेयर महर्जनले पर्यटन मन्त्रालय र पर्यटन बोर्ड मार्फत सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको पनि बताए ।
मेयर महर्जन विश्व बैंकले आयोजना गरेको यातायात व्यवस्थापन सम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका आएका हुन् । संसारभरका मेयरहरूको प्रतिनिधित्व रहेको कार्यक्रममा मेयर महर्जनले नेपालको प्रतिनिधित्व गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण