सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा पर्यटक बढाउन न्यूयोर्कमा पहल

आइतबार, ११ चैत २०८०, २० : २३
आइतबार, ११ चैत २०८०

न्यूयोर्क । पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको धनी ललितपुरमा विदेशी पर्यटकहरूको सङ्ख्या बढाउने र पर्यटकमैत्री वातावरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र न्यूयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबिच छलफल भएको छ । न्यूयोर्कमा भएको भेटमा मेयर महर्जन र पर्यटन प्रवर्द्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल गरेका हुन् ।

भेटवार्तामा मेयर महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरको रूपमा विकास गरिएको र थप गन्तव्यहरू पहिल्याउने काम तीव्र बनाइएको बताएका थिए । दुई पक्षीय भेटमा प्रवर्द्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राखेका थिए ।

महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेर विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालिएको जानकारी दिए । उनले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजनाहरू अघि बढाएको बताए । 

पुरातात्त्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरूको पुनर्निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसारको खाँचो रहेको बताए । नवनियुक्त श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।

नवनियुक्त श्रेष्ठलाई  बधाई दिँदै मेयर महर्जनले पर्यटन मन्त्रालय र पर्यटन बोर्ड मार्फत सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको पनि बताए । 

मेयर महर्जन विश्व बैंकले आयोजना गरेको यातायात व्यवस्थापन सम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका आएका हुन्  । संसारभरका मेयरहरूको प्रतिनिधित्व रहेको कार्यक्रममा मेयर महर्जनले नेपालको प्रतिनिधित्व गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप