न्यून चापीय प्रणालीको प्रभाव कायमै : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा
-
बाँकेमा ३ हजार कैदीबन्दी राख्न मिल्ने कारागार भवन उद्घाटन
-
चौथो खेलमा पनि वेस्ट इन्डिजले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्ने
-
चितवनमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
-
समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छः मन्त्री शर्मा
-
क्रिस–४ मा भिलेन बन्न लागेका हुन् ऋतिक रोशन ?