शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा होलीको रौनक  (तस्बिरहरू)

सोमबार, १२ चैत २०८०, १२ : २१
सोमबार, १२ चैत २०८०

वीरगन्ज । तराईका जिल्लाहरूमा आज होली पर्व सुरु भएको । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितका जिल्लामा होली सुरु भएको हो ।

Brj holi1

यसैगरी वीरगन्जमा पनि बिहानैदेखि होली पर्वको रौनक सुरु भएको छ । स्थानीयवासीले एक अर्कालाई रङ्ग र अबिर दलेर खुसीयाली साटासाटसँगै होली मनाइरहेका छन् । 

वीरगन्जको मुख्य बजारमा होली मनाउनका लागि मानिस जम्मा भइरहेका छन् । खासगरी वीरगन्जको आदर्श नगरमा होली धूमधामले मनाउने चलन भएकाले अहिलेदेखि सो नगरमा भिडभाड बढ्न थालेको छ । 

Brj holi2

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ्ग र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराइका जिल्लाहरूमा बिदा दिएको छ । 

Brj holi3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप