नेप्से सूचक १७ अंकले घट्यो, २ अर्ब ४८ करोडको कारोबार
काठमाडौँ । चार दिनपछि एकैपटक सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक १७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.०१ अंकले घट्दै २ हजार ३१.५५ अंकमा झरेको हो ।
त्यसो त यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६४ अंकले घट्दै ३६०.७७ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै आज कारोबार समेत केही घट्दै २ अर्ब ४८ करोड ९१ लाखमा झरेको छ ।
आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । आज पनि शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बोर्टलर्स नेपाल (बालाजु) को सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । तर किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले भने आज समान १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण